भारतको सुर्य मिशन आदित्य एल-१ ले खिच्यो सेल्फी
याँदिल्ली । भारतले सूर्यको अध्ययन गर्न प्रक्षेपण गरेको आदित्य एल–१ ले खिचेको सेल्फी भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो) ले सार्बजनिक गरेको छ ।
आदित्य एल- १ ले सेप्टेम्बर ४ मा सेल्फी तथा एउटै फ्रेममा पृथ्वी र चन्द्रमा को तस्बीर खिचेको भन्दै इसरोले विहिबार सार्बजनिक गरेको छ ।

सुर्यको थप अध्ययन गर्ने मिशन अन्तर्गत भारतले आदित्य एल-१ यहि भदौं १६ गते प्रक्षेपण गरेको थियो ।
सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ ।