भक्तपुर बुढ्यौलि साहित्य समाजको बिधालय स्तरीय कार्यक्रम ४ वटै नगरपालिकामा सम्पन्न
भक्तपुर । भदौ २५ ,साहित्य बुढौलि समाज भक्तपुर र चाणक्य सेकेण्डरी स्कुलको संयुक्त आयोजनामा मध्यपुर थिमि नगरपालिका भित्र रहेका बिधालय स्तरिय जेष्ठ नागरिक सम्वन्धि कविता वाचन सञ्चालन गरीएको थियो। साहित्य बुढौलि समाज भक्तपुरका उपाध्यक्ष दिनानाथ पोख्रेलले कार्यक्रमको सभाध्यक्ष्य गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि चट्याङ माष्टर कृष्णमुरारी गौतमको उपस्थिति थियो । अतिथिहरुमा गणेश बाबू पोख्रेल,वासुकिराज रेग्मीको पनि उपस्थिति रहेको थियो । बुढ्यौलि साहित्य समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरे ,अनुशिलन नेपालका अध्यक्ष जिवनाथ अधिकारी ,शुसेलि मञ्च भक्तपुरका अध्यक्ष रामशरण न्यौपानेको पनि उपस्थिति रहेको थियो । त्यसै गरि वुढ्यौलि साहित्य समाज भक्तपुरका सल्लाहकार बिश्वनाथ ढुङगेल,रामशरण कार्कि, सञ्चालक समिति सदस्य जुनु घिमिरे ,स्याम माकजु , शालिकराम ,दाहालकोपनि उपस्थिति रहेको थियो। अनुशिलन नेपालका अध्यक्ष्य जिवनाथ अधिकारीबाट स्वागत मन्तव्यका साथै आफना कविता वाचन गरि कार्यक्रम सञ्चालन गरीएको थियो । त्यस पछि ५ जना भाइ वहिनिहरुले आफना कविता वाचन गरि सके पछि मात्र प्रमुख अतिथिवाट पानसमा वत्तिबालि कार्यक्रमको उदघाटन गरीएको थियो ।

त्यसै गरि पून ५ जना भाई वहिनीहरुले कविता वाचन गरि सके पछि राष्टिय गान वजाईएको थियो । आजको कार्यक्रम रोचक एवं ज्ञानवर्दक तवरले सम्पन्न गरीयो । कविवरहरु कृष्णप्रसाद पौडेल, देबि प्रसाद मिश्र ,सम्पत काफ्लेको पनि उपस्थिति रहेको थियो । उक्त बुढौलि साहित्य समाज भक्तपुर र चाणक्य सेकेण्डरी स्कुलको संयुक्त आयोजनामा गरीएको बुढ्यौलि सम्वन्धि कबिता वाचनमा ३३ जना बिध्यार्थि भाइ वहिनिहरुले भागलिई वुढ्यौलि सम्वन्धि कविता बाचन गरेका थिए । सोहि कार्यक्रममा त्यहां उपस्थित सवै कविवरज्युहरुले बुढ्यौलि सम्वन्धि बिभन्न किसिमका भाकावाट आ आफना कविता वाचन गरी मनोरञ्जन दिनु भएको थियो । उक्त कार्यक्रममा चाणक्य स्कुलका शिक्षिक प्रभुभक्त माडि श्रेष्ठले बुढ्यौलि साहित्य समाज र चाणक्य सेकेण्डरी स्कुलको संयुक्त आयोजनामा गरीएको उक्त कार्क्रममा विशेष रुपले सहयोगको भुमिका खेल्नु भएको थियो । त्यसैगरी अतिथि गणेशवावु पोख्रलले कागजमा मात्र बुढ्यौलि शब्द कोरेर हुदैन । व्यबहारमा पनि लागु गर्नु पर्दछ ।सबै भाइ बहिनी लगायत कविवरहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रममा ३३ जना भाइ वहिनिहरुले भाग लिएका मध्ये प्रथम,द्वितिय र तृतिय पुरस्कार प्रप्त गरे भने अन्य भाइ बहिनिहरुले सान्त्वना पुस्कार प्राप्त गरेका थिए ।

भाइ वहिनिहरुले आज राम्रा र कबिताहरु सुनाउनु भएको छ ।अब आजवाट यसलाई निरन्तरता दिनुहोस ।कागजमा भने जसरिनै तपाईहरुले व्यबहारमा पनि उतार्नु हुन्छ भन्ने मैले बिस्वास लिएको यस्ता श्रृजनालाई नमार्नुस। सधै अगाडि वढनहोस र बिधालयका सरलाई पनि अनुरोधकै प्रस्न गरें भनी रमाईलो छोटो मिठो कविता वाचन गरि आजका प्रमुख अतिथि हास्य व्यङग कलाकार चट्याङ माष्टर कृष्ण मुरारी गौतमले वताउनु भयो । यसै गरि आजका कार्यक्रम सञ्चालक एवं बुढौलि साहित्य समाज भक्तपुरका सचिव डिल्ली प्रसाद मुलतिहुनले कार्यक्रमलाई छडकेबाणहानि व्यङग कविता मार्फत सवैका मन जित्न सफल हुनु भएको थियो। अन्त्यमा कार्यक्रमका सभाध्यक्ष्य दिनानाथ पोख्रेलले बुढ्यौलि साहित्य समाज भक्तपुरले आफनो चारवटै नगरपालिकामा बाल सहित्य कविता बाचन गर्ने लक्ष्य अनुसार ४ वटै नगरपनलिकामा सम्पन्न भयो र पून ४ वटै नगरपालिकावाट छानिनु भएका बिध्यार्थि भाईवहिनिहरुलाई सहभागिता गराई बुढ्यौलि साहित्य समाजले छिट्टै प्रतियोगिता गराउने छ भन्दै आजको कार्यक्रम समापन गरिएको थियो ।