सर्भेयरको लाइसेन्स परीक्षा अनलाइनबाटै, नबिल बैंकमा शुल्क जम्मा गर्नुपर्ने


काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तालिम लिएका सर्भेयरहरुको लाइसेन्स परीक्षा अनलाइनबाट हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सर्भेयरहरुको परीक्षा असोज २ गते अनलाइनबाट हुने जानकारी गराएको छ । उक्त परीक्षा बिहान ११ बजेदेखि हुने छ । प्राधिकरणका अनुसार परीक्षा दिने सर्भेयरहरुले भदौ ३० गतेसम्म रजिस्टर गरिसक्नु पर्ने छ ।, रजिष्टर भएको व्यक्तिहरुको नाम भदौ ३१ गते सार्वजनिक हुने प्राधिकरणले जानकारी गराएको छ । उक्त परीक्षाको लागि सर्भेयरहरुले पाँच सय रुपैयाँ दस्तुर बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । जसको लागि नबिल बैंकको खाता नं. ०११००१३०११००१ मा र नाममा नेपाल इन्स्योरेन्स अथोरिटी लेख्नुपर्ने प्राधिकरणले जानकारी गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *