स्वर्गिय नेता नेम्बाङको दाहसंस्कार दुबै छोरा आएपछि मात्रै भोलि गरिने

काठमाडौं । हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार भोलि गरिने भएको छ । उनका दुबै छोरा अष्ट्रेलियाबाट आएपछि मात्रै अन्तिम संस्कार गरिने भएको हो ।

दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् । दुवै छोराहरू आइपुगेपछि भोलि मात्रै मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने छ ।

त्यसअघि आज दिनभर नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । गएराति हृदयाघात भएका नेम्वाङको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *