एशिया कपको सुपर फोरको अन्तिम खेलमा भारत र बंगलादेश भिड्दै
काठमाडौँ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ ।
श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ ।
प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन । किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ ।
बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंकादुवैलाई पराजित गरेको थियो ।