नेपालपत्रन्यूजका सम्पादक खड्का बागमती प्रदेश संघबाट सम्मानित
काठमाण्डौं । बागमती प्रदेश सहकारी संघले नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई सहकारी सञ्चारकर्मी विधामा सम्मानित गरेको छ । आज सम्पन्न तेश्रो साधारणसभाको अवसरमा सम्पादक खड्कालाई संघले सम्मानित गरेको हो । संघले यस वर्षबाट विभिन्न विधामा व्यक्तितथा संस्थालाई सम्मान गर्न शुरु गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले खड्कालाई सम्मानपत्र प्रदान गरेका हुन् । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा व्यक्तितथा संस्थाहरुलाई समेत सम्मान गरिएको छ ।खड्का विगत एक दशक देखि सहकारी क्षेत्रको बारेमा कलम चलाउँदै आएका छन् ।