पिपुल्स साकोसको १७ औं साधारणसभा सम्पन्न


काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा काभ्रे बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा संस्थाले साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निरन शाक्यले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीको असर मुलुकको अर्थतन्त्रमा पर्दा त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि परेको बताए । ‘नविनतम प्रविधि संस्थाको टेवा, हातहात र घरघरमा वित्तीय सेवा’ भन्ने थिमलाई आत्मसात गर्दै संस्थाले प्रविधिको प्रयोग गरी सदस्यहरुलाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको उनले बताए । भविष्यका लागि बचत, बचतका लागि पिपुल्स भन्ने नारा अगाडि सारेको र संस्थाले ल्याएको विभिन्न बचत योजनामा सहभागी हुन उनले आग्रह गरे । संस्थाले बचत ऋणका साथै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको अध्यक्ष शाक्यले जानकारी दिए । सभामा संस्थाका सचिव देवेन्द्र श्रेष्ठले आ.ब. २०७९।८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए । सहकारीमा आजको परिस्थिति आउनुमा साहु सहकारीको मुख्य हात रहेको भन्दै उनले सदस्यहरु सचेत भएर कारोबार गर्न उनले आग्रह गरे । मुलुकमा ३० हजार सहकारी रहेकाले सरकारले सबै सहकारी संस्थाको नियमन गर्न असम्भब भएकले सदस्य स्वयमले नै सुरक्षित र समुदायमा आधारित सहकारी संस्था छनोट गरी कारोबार गर्नु पर्ने उनको भनाई छ । संस्थाले पिपुल्स राहत कोषमार्फत सदस्यहरुको मृत्यु हुँदा १ं० हजारसम्म र बिरामी भएर उपचार गराउँदा एक पटकको लागि अस्पतालको बिल अनुसार १० हजारसम्म उपलब्ध गराउँदै आएको छ । संस्थाले युवा तथा सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विपन्न वर्गका सदस्यका छोराछोरीको लागि शैक्षिक छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी संस्थाले विपन्न सदस्यको उत्थानको लागि सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको र सीप सवकास गरे पश्चात न्युनतम ब्याजदरमा स सानो ऋण उपलब्ध गराउँदै आएको जनाएको छ । त्यसैगरी आगामी पौष मसान्तभित्र सदस्य सुरक्षा कार्यक्रम लागू गर्ने र सदस्यको ऋणको बीमा गर्ने योजना संस्थाले बनाएको छ । संस्थाका कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले आर्थिक बर्ष २०७९।८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले गत असार मसान्तसम्म २ करोड ८४ लाख शेयर पुँजी, १ करोड ४७ लाख ९० हजार जगेडा कोष,२५ करोड ५८ लाख ११ हजार बचत संकलन, २३ करोड १८ लाख २७ हजार ऋण लगानी गरी ३१ करोड ५३ लाख ८४ हजार कुल वासलात पुर्याउन सफल भएको छ । सदस्य र समुदायमा आधारित सहकारी संस्थाको रुपमा वित्तयि कारोवार गर्दै आएको संस्थामा ५२६० सदस्य र ८६३ बाल सदस्य गरी ६ हजार १२३ जना सदस्य पुगेको छन् । संस्थाबाट ५५५ जना सदस्यले विभिन्न १२ प्रकारका शिर्षकमा ऋण लिइ उद्यम व्यवसाय सञ्चालन गरी आर्थिक उपार्जन गर्दै आएको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले विभिन्न कलेज तथा अस्पतालहरुसँग सम्झौता गरी सदस्यहरुलाई छुट सुविधा समेत मिलाएको छ । संस्थालाइ सुशासन र जोखिम रहित बनाउने उदेश्यले नेपस्कूनले सुरु गरेको प्रोबेशन कार्यक्रममा सहभागिता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *