काठमाडौंमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना
काठमाडौं । शनिवार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरको उद्घाटन गरेका छन् । आयुर्वेदसम्बन्धि नेपाली र चिनियाँ पुराना उपचार विधि समेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिनुभयो । सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयल थेरापी पनि गरिन्छ । सेन्टरका अपरेशन तथा मार्केटिङ विभाग प्रमुख सुवालले बताए । फिजियोथेरापी आफैँमा एउटा शारीरिक, मानसिक मात्र नभई आध्यात्मिक रुपमा पनि फलीफाप हुने गरी सबै मान्छेलाई फाइदाजनक हुनेछ ।
नेपालका थुप्रै राम्रा फिजियोथेरापीहरु छन् । तर, यसमा चाँही फिजियोथेरापी मात्रै नभईकन एउटा आयुर्वेदिक ट्रिटमेन्ट, एन्सियन्ट चाईनिज ट्रिटमेन्ट टाईप अनि हाम्रो हिन्दु शास्त्रकै पुरानो ट्रिटमेन्ट टाईपहरुलाई चाहिँ सम्मिश्रण गरेर एउटै स्पेशमा हामीले शुरु गरिराखेका छौं । हामी आयुर्वेदिक आयल थेरापी पनि गर्छौं । सेन्टरले आफ्नो सेवा लिए बापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ । सेन्टरका अनुसार यो शुल्क काठमाडौंमा रहेका फिजियोथेरापीहरु मध्ये सबै भन्दा सस्तो हो । यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ ।