बालकुमारी साकोसको २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
भक्तपुर । रक्तदान जिवन दान भन्ने उदेश्य अनुरुप मध्यपुर थिमि ४ शंखधरचोकमा रहेको बालकुमारी बचत तथा श्रण सहकारी संस्थाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शंखधरचोकमा भएको कार्यक्रममा ८३ जना पुरुष र २१ जना महिला गरी १ सय ४ जनाले रक्तदान गर्नुभएको संस्थाका ब्यवस्थापक सुजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा रक्तदान लगत्तै रक्तदाताहरूलाई प्रशंसापत्र र टीसर्ट संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले प्रदान गरिएको थियो ।

रक्तदाता संख्या १ सय जना वा सोभन्दा बढी भएमा आयोजक संस्थालाई नेपाल रेडक्रस सोसाइटीले विशेष सम्मान गर्ने प्राबधान अनुसार निकट भविष्यमा बालकुमारी साकोसलाई सम्मान गरिने जनार्इएको छ।

सो अवसरमा संस्थाका सञ्चालक समिति लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उप समिति, शेयर सदस्य, कर्मचारी लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।