बालेनलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले गरे सडकमै हाजिरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले बिहीबार सडकमै हाजिर गरेका छन् ।

विद्यालय नै बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलनमा होमिएका शिक्षकले सडकमा हाजिरी गरेका हुन् ।

मेयर साहले महानगरभित्रका विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याइ आन्दोलनमा जाने शिक्षक कर्मचारीलाई कारबाही गर्ने बताएका थिए ।

बालेनको सोही अभिव्यक्तिलाई चुनौती दिँदै शिक्षकहरूले सडकमा हाजिरी गरेका छन् । मेयर साहले विद्यालयमा पठनपाठन भए नभएको अनुगमनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीलाई खटाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *