गङ्गा –उता की,यता की र मेरो महादेव भक्ति



(१) गङ्गा
उताकी गङ्गा–“मानो तो मैँ गङ्गा माँ हूँ,
ना मानो तो बहता पानी ।” मान्नु हुन्छ भने त म गङ्गा माता हूँ,मान्नु हुन्न भने सिर्फ बग्ने पानी त हूँ । (–अन्जान । भारत । ई.सं.१९७८) ।

यता की गङ्गा–“मानो तो मैँ भावी प्रधान हूँ,
ना मानो तो नारी रानी ।”कामना गर्नु हुन्छ –ठान्नु हुन्छ–मान्नु हुन्छ भने त म पक्कै तपाईहरु कै भविष्यको प्रधान +हूँ,मान्नु हुन्न भने सिर्फ छोरी नारी नानी त हूँ । (हेर्नुहोश स्पष्टिकरण–१) ।
शब्दार्थ ः–( बग्ने पानी =‘हिमालय बदरीकाश्रम–बाट निस्की दक्षिण–पूर्वी कोणतिर बग्दै गएर बङ्गोपसागरमा मिल्ने,हिन्दूहरुको पवित्र जलाशय र पितृमुक्तिको प्रतिक मानिएको भारतवर्षको प्रसिद्ध नदी ।’–

नेपाली बृहत् शब्दकोष । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान । बि.सं.२०५० । गङ्गा माता= गङ्गा नदीलाई पुण्य पवित्र मानेर माताको रुपमा पुजा गरिन्छ ।) । +प्रधान= मुख्य मानिश,मुख्य पद । उच्च राजनीतिक पद । यो शब्दले राजनीतिक दलको अध्यक्ष,राष्ट्राध्यक्ष प्रधानमन्त्री र पहिलेको पञ्चायती व्यवस्थाको प्रधानपञ्चलाई समेत जनाउँछ ।) ।

(२) मेरो महादेव भक्ति
हे ! सदा शिव–हे ! शम्भु–हे ! महादेव
म भक्त
हजुर कै भक्तिमा तल्लीन छु ।
जहिले जहिले अर्धाङ्गिनीको म चित्त दुखाउँछु
तहिले तहिले हजुर प्रभू मै लिप्त हुँदै,प्रभुसँग माफ माग्दै
मैले ब्रत बस्ने गरेको छु । (हेर्नुहोश स्पष्टिकरण–२क,२ख) ।
स्पष्टिकरण ः– (१)नेपालमा त आरक्षण छँदै छ । राजनीतिमा लाग्ने नेपालका नारीहरुमा ‘फाष्टट्र्याक’ बाट प्रधान अर्थात उच्च राजनीतिक पदमा पुग्ने अति महत्वकाँक्षा पक्कै होला नै । र, भारतमा समेतभर्खरै महिलालाई आरक्षण दिइएपछि धेरै छोरीहरुले अव उधम–आइएएस तयारी छोडेर राजनीतितिर पो लाग्ने भन्ने चर्चा समेत हुन थालेको छ ।
अव करोडौँ चुनावी खर्चका नेताहरु–जनताको मतको सार्वभौमिकतालाई करोडौँमा खरिद विक्री गर्ने जनप्रतिनिधिहरुले धानेका दक्षिण एशिया लगायत विश्वका कम विकशित मुलुकमा दुखिएको कथित प्रजातान्त्रिक व्यवहारले फष्टाएको नैतिकता हराई सकेको अत्यन्त चाँडो अकूत नाफा हुने राजनीतिको अराजनीतिक वातावरणमा भारतले पनि महिलाहरुलाई विधिवत सामेल गरेको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा कुन सामाजिक फैक्टर अमेरिकी मतदाताको मनमा पस्यो र हिलारी क्लिटन पराजित हुनुभयो ? के नव उदारबादले हाम्रो परिवारिक संरचनामा चियाएको हो त ? विश्वमा अपवित्र राजनीतिले पवित्र लोकतन्त्र तथा राष्ट्रियतालाई हत्या गरिरहेको बहश चलिरहेको अवस्थामा नैतिकवान–ईमान्दार–सिद्धान्तनिष्ट भएर नेपाली गङ्गाहरुले ‘फाष्टट्र्याक’को अपारदर्शी मापदण्डको भरोशामा कशरी पवित्र लोकतान्त्रिक राजनीति गर्न सक्छन र ? उत्तर सजिला थिएनन् र अवका दिनमा नहोलान पनि
(२) यो पंक्तिकारले ०८ अगष्ट ई.सं.२०१८ मा आफ्नो सामाजिक सञ्जालमा साझा गरेको देहायका एक हिन्दी कविता र एक हिन्दी भक्ति गीतको नेपाली अनुबाद पेश गरेको छु ।
(२ क) “छेउमा वसाएर,माया गर्दै सोधे बाबुले छोरीलाई,कस्तो गुण भएको वर खाजौँ त नानी तिमीलाई ?लाज मान्दै–हच्किदै–अहँ कुनै ‘राम’ मलाई चाहिदैन,सीता माथी विश्वास नगरी,धोविको हल्लामा लागेर लिनु प¥यो अग्नी परीक्षा ।
मलाई ती ‘कृष्ण’ पनि चाहिँदैन,रुक्मिणी हुँदा हुँदै राधासँग राशलिला गर्ने । न त ‘लक्ष्मी’ जस्तै गरी,चरण–दासी बनीरहन नै चाहन्छु म । न कुनै जुवामा हार्नेगरी दाउमा लगाउने पाण्डव जस्ता वीर पनि चाहिँदैन ।
पति त ‘शिव’ जस्तो पो हुनुपर्छ मेरो,आफ्नो नाममा मेरो नाम समेत जोड्ने अर्ध–नारीश्वर अर्धाङ्गीनी भन्दै गर्व साथबोल्ने । रुपाङ्ग भन्दा माथि उठेर नारीको अति सम्मान गर्ने ।
पिता स्तब्ध भएर सुनिरहे,छोरी पाएर धन्य भएँछु । धेरै माया गर्दै अँगालो हाले, आँखा भरिए–टिलपिल गर्दै,भित्रैदेखि गर्वले ढक्क शरीर फुल्यो ।”(–शरद जोशी । नहीँ चाहिए । भारत ।) ।

(२ ख) अभिलाशले लेख्नु भएको प्रसिद्ध हिन्दी भक्ति गीत –‘इतनी शक्ती हमेँ देना दाता’,जसलाई एन चन्द्राले ई.सं.१९८६ मा आफुले बनाएको बिद्रोही युवाहरुसँग सम्बन्धित हिन्दी चलचित्र ‘अङ्कुश’मा समाबेश गर्नु भएको थियो ।
“यती शक्ति हामीलाई दिनुहोश ईश्वर,मनका विश्वास कमजोर नह्ुन,हामी सही बाटोमा हिँड्छौँ,भूलेर पनि हामीबाट कुनै गल्ती नहोश ।
अज्ञानको अन्धकार परै रहोश,तपाईले हामीलाई ज्ञानको उज्यालो दिनुहोश,हरेक खरावकुराबाट हामी बच्दै आएका छौँ,जति दिनुहुन्छ राम्रो जिन्दगी दिनुहोश । शत्रु नहुन केही कशैका पनि,कशैको मनमा बदलाको भावना नहोश,हामीले के पायौँ भनेर नसोचौँ,हामीले के त्याग गर्न सक्यौँ भनेर सोचौँ ।
खुशीका फुलहरु सवैलाई बाडौँ,सवैको जीवन हराभरा बनाऔँ,आफ्नो करुणाको जल बगाएर तपाईले ,सवैको मनका कुना पवित्र गरिदिनुहोस ।”
(तस्वीर,छविचित्र श्रेय ः गङ्गा नदी–कल्चरल इण्डिया मार्फत गूगल इन्टरनेट २३ सेप्टेम्बर ई.सं.२०२३ ,नेपाली समय दिनको १.०७ । कोशी नदी–नमस्ते वल्र्ड यू टुयूव ०८ अप्रिल ई.सं.२०२१ मार्फत गूगल इन्टरनेट २३ सेप्टेम्बर ई.सं.२०२३ ,नेपाली समय रातको ६.०७ । महादेव मन्दीरको मेरै फाइलबाट,बि.सं.२०७५) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *