नेपाल इको प्यानलमा विद्यार्थीले गरे अध्ययन अवलोकन भ्रमण


भक्तपुर । भक्तपुरको बागीश्वरी कलेज अफ म्यानेजमेन्टकाका वीवीए दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा २२ जना विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई व्यवसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले जनाएको छ । विद्यार्थीलाई इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले स्लाइट प्रिजेन्टेशन गरी इको प्यानलका विविध पक्षकाबारेमा जानकारी गराएका थिए ।

साथै इको प्यानलका व्यवस्थापक विक्रम गोसाईले पनि इको प्यानलका अनेक विषेशताहरुबार चर्चा गरे । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, अग्निप्रतिरोधी, तीव्र निर्माण सम्भब हुनुलगायतका कारण पछिल्ला वर्षहरुमा यसको माग वढ्दो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *