अन्तराष्टिय जेष्ठ नागरिक दिवस अन्तकृया कार्यक्रम सम्पन्न
भक्तपुर। भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा ३३ ओै अन्तराष्टिय जेष्ठ नागरीक दिवस जेष्ठ नागरीक समन्वय समितिका संयोजक बिस्वनाथ ढुंगेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा नं ३ वडाध्यक्ष तथा जेष्ठ नागरिक समन्वय समितिका संरक्षक दिपेन्द्र के. सि,वडा सदस्य घनश्याम भटराई,जनक भण्डारी, सल्लाहकार रामप्रसाद दवाडि ,उपसंयोजक नारायण गुरागाई ,सचिव रामलाल ष्श्रेष्ठ,सहसचिव,पदमप्रसाद भण्डारी ,कोषाध्यक्ष सुष्मा श्रेष्ठ, सञ्चालक समिति सदस्य कल्पना गेलाल,सन्ध्या भटराई ,सानु काजि के सि, बिजय कुमार बस्नेत लगायत अन्य जेष्ठ नागरीकहरुको उपस्थित रहेको थियो ।

उक्त अन्तरकृया कार्यक्रममा त्यहाँ उपस्थित जेष्ठ नागरीकहरुले समस्याका बिषयमा आ आफना धारणा व्यक्तगरि प्रमुख अतिथि तथा ३ वडाध्यक्ष दिपेन्द्र के सीलाई जानकारी गराउनु भयो । जनप्रतिनिधी वडा सदस्य घनश्याम भटराईले यस ३ नं वडामा सवै जेष्ठ नागरिकहरुलाई यस वडावाट सक्दो सेवा गर्नेछौ भनी व्यक्त गर्नु भयो ।कार्यक्रमका सभापति बिस्वनाथ ढुंगेलले कार्यक्रम सचांलक एवं वडा सचिव शेषराज दाहाललगायत सवै उपस्थित जेष्ठ नागरिहरुलाई धन्यवाद दिदै जेष्ठ नागरिक सम्वन्धि कविता बाचन गरेर अन्तरकृया कार्यक्रम समापन भएको थियो।