एमाले कोसी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित


काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए ।

मनास्लु पार्टी प्यालेसमा आइतबारराति अबेरसम्म मतदान भएको थियो । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवमा राजकुमार भण्डारी, उपसचिवमा देवान राई र जलवर्षा राजबंशी निर्वाचित भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *