गजुरीमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु


काठमाण्डौं । धादिङको गजुरीमा ट्रकको ठक्करबाट विद्यालय गइरहेका दुई विद्यार्थीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै ज्यान गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट जाँदै गरेको प्रदेश २–००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

ट्रकले सडकमा अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा बालकहरुलाई ठक्कर दिएको प्रहरीको भनाई छ । दुर्घटनापछि स्थानीयले पृथ्वी राजमार्गमा सवारी साधन गुड्न दिएका छैनन् । दुवै विद्यार्थी स्थानीय बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *