ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बज्राचार्य
ललितपुर । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले ६ सय ४६ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूहं) र मेशसिंह महर्जन (संस्थागततर्फ ) विजयी भएका छन् ।
महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भएका छन् । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी गराए ।