इजरायलबाट नेपाली ल्याउन निगमको जहाज आज राति उड्ने


काठकाण्डौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बुधबार राति ११ बजे उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३ सय ५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ। उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन्।

उनका साथीहरूको सहयोगमा तेल अभिभस्थित नेपाली दूतावासले विभिन्न अस्पतालमा विपिनको खोजी गरिरहेको छ। दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ। ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। हमासको आक्रमणपछि उनीहरूले तत्काल उद्धार गर्न आग्रह गरिरहेका छन्। पररा‍ष्ट्र मन्त्रालयका अनुसार चार हजार पाँच सय जना केयरगिभरको रूपमा र २ सय ६५ विद्यार्थी गरी ४ हजार ७६५ जना नेपाली छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *