ॐ हस्पिटलमा वेसिक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकदिने वेसिक लाइफ सपोर्ट (बि.एल.एस.) कार्यशाला सम्पन्न भएको छ । इमर्जेन्सि मेडिसिनका डि.एम. तथा सिनियरकन्सल्ट्यान्ट इमर्जेन्सी फिजिसिएन एबं अमेरिकन हार्ट एसोसिएसनका सर्टिफाइड विएलएस,एसिएलएस,पिएएलएस इन्सट्रक्टर डा. लक्ष्मण भुषाल मुख्य प्रशिक्षक रहनुभएको कार्यशालामा वेसिक लाइफ सपोर्टका पछिल्ला ज्ञान र सीपहरुवारे अनुशिक्षण तथा प्रयोगात्मक अभ्यास तथा सिमुलेसन गरिएको थियो । कार्यशालाको अध्यक्षता गर्नुभएका अस्पतालका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले मन्तव्यका क्रममा ॐ अस्पतालले आफ्ना डाक्टर तथा नर्सहरुको ज्ञान सीप र दक्षता अभिबृद्धिमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफको लाइफ सेभिङ सिप तथा ज्ञान बढाउने र विरामीलाई उच्चस्तरिय उपचार सेवा प्रदान गर्ने उद्देश्य सहित सञ्चालित कार्यशालाको उद्घाटनका क्रममा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले यस किसिमका कार्यशालाले चिकित्सा अभ्यासमा दक्षता बृद्धि गर्नुका साथै उपचार सेवाको स्तरबृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ॐ हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले कार्यशालालाई सम्बोधन गर्दै समय समयमा सञ्चालन हुने यस किसिमका कार्यशालाले पछिल्लो समयमा ॐ अस्पतालको उपचार सेवाको स्तरबृद्धिमा निकै महत्वपूर्ण भूमिका खेलेको जानकारी गराउनुभयो । कार्यशालालाई सम्बोधन गर्ने क्रममा ॐ हस्पिटलका सघन उपचार विशेषज्ञ तथा विभागिय प्रमुख डा. प्रमेश सुन्दर श्रेष्ठले विश्वस्तरको यस किसिमको कार्यशालामा सिकेका ज्ञान सीप र दक्षता संसारका जुनसुकै ठाँउमा उपयोगि हुने भएकाले अत्यत्न्त जिम्मेवारी पूर्वक सिक्न र सिकेका ज्ञान र सीपलाई विरामीको सेवामा आत्मविश्वासका साथ सहभागिहरुलाई आग्रह गर्नुभयो ।
शुभकामना तथा धन्यवाद मन्तव्यका क्रममा चिफ इन्सट्रक्टर डा. लक्ष्मण भुषालले अमेरिकन हार्ट एसोसिएसनको पछिल्लो प्रश्नावली तुलनात्मक रुपमा कठिन रहेको भएपनि सहभागिहरुले सहि जवाफ सहित अधिकतम अङ्क प्राप्त गर्नुभएकोमा सबैलाई वधाई दिनुभयो । कार्यशालाकी संयोजक समेत रहनुभएकी ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले सहभागिहरुलाई उत्साहजनक सहभागिताकालागि धन्यवाद दिनुहुँदै प्रशिक्षक तथा सिनियर म्यानेजमेन्ट टिम, आइसियु नर्सिङ इन्चार्ज सविना ढकाल तथा इमर्जेन्सी विभागकी नर्सिङ इन्चार्ज मोक्षदा बराललाई साथ सहयोग र हौसलाकालागि आभार व्यक्त गर्नुभयो । सहभागिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको कार्यशालामा ॐ अस्पतालको विभिन्न विभागमा कार्यरत २५ जना डाक्टर तथा नर्सहरुको सहभागिता थियो।