सिजी मोटर्सको नेटा भी एक्स्चेञ्ज क्याम्प
काठमाडौं । दशैंलाई लक्षित गरी सिजी मोटर्सले काठमाडौंको विशालनगरस्थित शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरिरहेको छ । मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकलाई लक्षित गर्दै असोज २४ गतेदेखि २८ गतेसम्मकालाई उक्त एक्स्चेञ्ज क्याम्पको आयोजना गरेको हो । एक्स्चेन्ज क्याम्पमा बोनससहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक वर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ ।
साथै, हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६।६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कम्पनीले जानकारी गराएको छ । नेटा भीमा ३८० कि.मी. रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २,००,००० कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको छ ।