एभरेष्ट बैंकको वार्षिक साधारणसभा मंगलबार ३० मा


काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारणसभा भोलि असोज ३० गते मंगलबार लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०८०।८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बोनस सेयर जारी भएपश्चात् पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *