गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैनः अध्यक्ष नेपाल

वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन्। गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताएका हुन्। उनले भने, कोशि प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो। गठबन्धन सरकार ढाल्न कसैले सक्दैन।

पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरूद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै नेता नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताए। पूर्वप्रधानमन्त्री नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको पनि उल्लेख गरे। जागरण अभियानमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला लगायत नेताले पार्टी संगठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *