राजनितिदलहरुको स्वार्थताले राज्य कता कसरी ढल्किएला ?


नेपाली जनताले आफना त्याग तपस्या र बलिदानले ल्याएको अविछिन्न रुपमा अगाडि बढि रहेको नेपालि काङ्ग्रेसले साच्चै भन्नु पर्दा जनताका लागि खासै केही भएको अनुभूति गर्न पाएका छौ भन्ने सहि रुपका भावना व्यक्त गर्ने जनता विरलै सुनिन थालि सकिएको अवस्थामा के अबका दिनमा नेपाली काङग्रेस यसै बहकाईले तछाड मछाड गरि घर एउटै दैलो दुईवटा वनाउन मिल्छत ? यो मेरो नेपाली काङग्रेसलाई मनन गर्ने चुनौतिको ठाडो प्रश्न हो। हुनत नेपाली काङग्रेस आफू सहि बाटोमा हिडेको छ होला । तर जनताका लागि हितकारि भावनाले अगाडि बढ्न नसक्नुका कारणले स्वयं पछि पर्दै जाने सम्भावना प्रति बढो चनाखिलो नहुने हो भने नेपाली काङग्रेसमा अंहमताले ढाकिदैछ । सोझा नेपालि जनता खाडि मुलुक आज किन बिदेशिनु पर्ने थियो । यस बिषयमा ठूला दल र सरकारको नेतृत्व गरि रहेको हुनाले मैले यस बिषयमा नेपाली काङग्रेस प्रति सदभावका लागि आग्रह एवं अनुरोध गरेको मात्र हो। राज्य साँगुरिदै गए जस्तो जनताका गुनासाले हामी सरकारमा बस्ने नेतृत्वदायिका पक्षले बिचार गर्नु पर्दछ भन्ने प्रति कहिल्यै सोच पलायन भन्नु उचित थियो । तर नेपालमा कस्ता व्यक्ति छन ,गरिबी जीवन कसरी निराकरण गरिरहेका छन भन्ने सोच यदि नेताहरुमा भित्रि हृदय देखि उब्जेको भए आज किन लाखौं कलिला युवाहरु बिदेशि खाडि मुलुकमा गई दुःख गरेका हुन्थे भने कोहिले अकालमा ज्यान गुमाउनु पर्ने स्थिति पक्कै आउदैन थियो । नेपालका नेताहरुलाई आफनो देशको विषयमा सबै थाहा छ । देशको वस्तुस्थिति कसरी चलेको छ त्यसका बिषयमा थाहा नभएको होईन । उनिहरुलाई कसरी हुन्छ आफ्ना सन्तानलाई बिदेशमा पढाउने नेपालको सम्पति बिदेशमा पठाउने कार्यलाई मात्र निरन्तरता दिने उनिहरुको सोच हो भन्ने मैले तठस्थ रुपमा आकडा गरेको छु । नेपाली काङग्रेसका नेता चन्द्र भण्डारीले भने झै २०४६ साल देखि हाल ३३ वर्ष सम्म दस जना व्यापारिका लागि मात्र शुसासन आएको भन्ने कुरा बताउनु भएको सहि हो । आज नेपाली जनताले ३३ वर्ष को उपलब्धि पीडादायक तवरले बिताएका कुरा जनताका आवाज गुञ्जिरहेको तपाईं हामी सबैले सुनी रहेकै छौं । स्वर्ग जस्तो नेपाल भुमिलाई खण्डन पारेर बिदेशिको हातमा सुम्पने किसिमवाट राज्य सञ्चालनमा लगाम लाएका नेताहरुको बुद्धि बिबेक अनुसार जसरि राज्यमा हुनुपर्ने बिकास निर्माणका लहरले अगुवाई चुलिमा पुर्याउन नसक्नुको सट्टा गरिव निमुखा जनताका उठिवास लाउने प्रजातन्त्र कति प्यारो बनायौ तर तिमिहरुका लागि मात्र । आज नेपाली आमा रोई रहेकि छिन । भएका युवाहरु विदेश पलायन छन् ।घरमा मात्र काम गर्न नसक्ने बुढा बुढिहरु मात्र छन् भने के यो देशले अब काचुलि फेर्लात ? अह कदापि सक्दैन । नेताका परीवारहरु कहिल्यै दुःख पाउँदैनन् ।आखिर मर्ने भनेकै गरिब निमुखा जनता मात्र हुन् । हजारौ वर्ष देखि हाम्रा नेपालका डाँडा पाखाहरु जे जस्तो अवस्था छ अहिले सम्म डाडाँ पाखाहरु त्यहि नै अवस्थामा रहेको र सो डाडाँ पाखाहरुमा न केही उब्जाउ हुन्छ यस बिषयमा राज्यको अगुवाइ नेता वा अनवेशण बिद्वानहरुले पनि डाडाँ पाखाहरुलाई उत्खनन गरेर उद्धोग धन्दा सञ्चालन गर्ने सोचतर्फ किन सोच नगरेको हो यस बिषयमा सम्वन्धित निकायले ध्यान दिनु पर्यो ।

यदि जवसम्म नेपालमा सपूत छोरा जन्मदैनन् तब सम्म राष्ट«ले कसरी फट्को मार्न सक्छ यस बिषयमा गम्भिरता नहुने हो भने नेपाल अब छिट्टै बिदेशि पञ्जामा परि बिदेशिले राज्य पक्का कव्जा गर्छ । नेपालको अस्तित्व मेटाउने बिकासका नाममा बिदेसि घुसाउने कार्यको सम्झौता गरेको छ । तर कस्तो छ त्यस बिषयमा जनता अनपढ छन् । जनताका आवाजलाई प्रहरी प्रशासनले उल्टै जनता प्रति निर्मम तवरले जनता खेदमा परेकोले आज जनता धेरै नैराश्य भएका छन् । जनताका आवाज नसुन्ने र बिकास निर्माणमा हरपल त्यसतर्फ आज सम्म सोच नहुनुका कारणले पनि नेपाल अब जन्म दर घट्दै जाने र भएका युवा बिदेश पलायन गर्नुमा हाम्रा उच्च नेताहरुले हेलचेक्रयाई किन गरेको हो ? यो विषयमा अब यदि छिटै निराकरण नगरि राष्ट्रघातमा जाने हो भने मुलुकले कुन रुप लिएर अगाडि बढ्ला सरकाले गम्भिरता लिनु जरुरी भैसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *