तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक १८ देखि


काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ देखि २५ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले जानकारी दिए । सिनियरमा चार, भेट्रानमा सात र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

सिनियर र भेट्रानमा गरी कुल नौ लाख पाँच हजार रुपैयाँको नगद पुरस्कार रहेको आयोजकले जनाए । जुनियरतर्फ भने प्रोत्साहनस्वरूप गिफ्ट ह्याम्पर प्रदान गरिने गणेशमान सिंह फाउन्डेसनका बोर्ड सदस्य भाष्करमान सिंहले जानकारी दिए । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठदिने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *