आज बिहिबार सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

काठमाडौ । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ रहेको छ । बुधबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १५ हजार रुपैयाँ थियो । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *