जारी खेलमा नेपालका लागि पाँचौं र छैटौं विकेट सन्दीपले लिए
काठमाडौं । जारी टी–२० विश्वकप छनोट खेलमा ओमानविरुद्ध नेपालका लागि पाँचौं र छैटौं विकेट सन्दीप लामिछानेले लिएका छन् ।
लामिछानेले १४ औं ओभरको पहिलो र दोस्रो बलमै विकेट लिएका थिए । ओमानका कप्तान जिसन मकसुदसँग राम्रो साझेदारी गरिररहेका आयान खानलाई सन्दीपले बोल्ड गरेका छन् । जिसन र खानले ४९ रनको साझेदारी गरिरहेका थिए ।
अर्को बलमा नयाँ ब्याट्सम्यान मेहरान खानलाई एलबीडब्लु गरेका थिए । जारी खेलमा १७ औं ओभरमा ओमनले एक सय १२ रन को साथै सातौं विकेट गुमाएको छ ।