संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बुधबार बसेको बैठकमा अनौपचारिक रुपमा संसद् अधिवेशन अन्त्यको बारेमा जानकारी गराएको थियो ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपषिद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ । सरकारले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक यहि अधिवेशनमार्फत टुंगो लगाउन तीव्र तयारी गरिरहेको थियो । तर, अन्तिम समयमा सरकारले संसदको अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको हो ।