लोमस फर्मास्युटिकल्सका निर्देशक पाण्डेद्वारा भूकम्प पीडितलाई औषधि सहयोग


काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाहरुको थप उपचार गर्न औषधिसहितका सामग्री हस्तान्तरण गरेका छन् । पाण्डेले उपचारमा सहयोग पुग्ने खालका औषधिलगायतका सामग्री प्रदान गरेको कम्पनीले जनाएको छ । शुक्रबार राति जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ भने दुई सय बढी घाइते भएका छन् । घाइतेको उपचारका लागि कम्पनीले यस्तो सहयोग गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *