बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु, २६ जना घाइते

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको ज्यान गएको छ । घटनामा २६ जना घाइते भएका छन् । विष्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो । तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय थिए । रुसको गृह मन्त्रालयले उनको ज्यान गएको पुष्टि गरेको छ । उनको वास्तविक नाम मेक्सिम फोमिन रहेको जनाइएको छ । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए ।

युक्रेनको सीमा क्षेत्रमा उनले रिपोर्टिङ गरेका थिए भने गएको वर्ष उनले बनाएको एउटा भिडियोले निकै चर्चा बटुलेको थियो । भिडियोमा उनले आफूहरुले जोसुकैलाई हराउने दाबी गरेका थिए । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विष्फोटक पदार्थ राखिएकोले विष्फोट भएको दाबी गरिएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विष्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ । एजेन्सी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *