६६ औं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा भविष्य साकोसको प्रभातफेरि कार्यक्रम


भक्तपुर । ६६औं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा भविष्य वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरीएको प्रभातफेरी कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठले पानसमा बत्ती वालेर कार्यक्रम सञ्चालन गरीएको थियो । उक्त अवसरमा यो संस्था २०६६ सालमा विधिवत रुपमा सञ्चालन भई हालसम्म सहि किसिमले अगाडि बढि रहेकाले अझ सफलता मिल्दै जावस् भन्दै शुभकामना सहित समितिका पदाधिकारी र कर्मचारीहरुलाई संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठले धन्यवाद दिनुभयो ।

हाम्रा सम्वाददाता बिश्वनाथ ढुङगेलका अनुसार दिगो सहकारी अहिलेको आवश्यकता भन्ने नाराका साथ आफनो एरीयामा प्रभातफेरि कार्यक्रम गरि मनाईएको थियो । प्रभातफेरि कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी र बिभिन्न ब्यतित्वहरुको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठले तपाई हामी सवै मिलेर सहकारी संस्थालाई सहि वाटोमा डोर्याउनु पर्छ भन्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *