सिटी एक्सप्रेस मनी ट्रान्सफरको १७ औं बर्षमा प्रवेश


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १६ बर्ष पुरा गरी १७ औं बर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छन् ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र हाँस्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान गर्नुहोस् , जिवन दान पाउनुहोस्’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना पनि गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *