भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री साउदबिच भेटवार्ता

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारमा विदेशमन्त्री जयशंकर र मन्त्री साउदबिच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रदीद्वयबिच नेपाल र भारबिचको द्धिपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । त्यसअघि विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

उनी परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका हुन् । मन्त्री जयशंकर शुक्रबारसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *