विज्ञापन संघको अध्यक्षमा थापा

काठमाडौं । नेपाल विज्ञापन संघको अध्यक्षमा एएनएस क्रियसनका सुदिप थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको निर्वाचन समितिको सचिवालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार थापा उक्त पदमा निर्वाचित भएका हुन् । यससँगै अब बन्ने संघको नयाँ कार्यसमितिको नेतृत्व थापाले गर्नेछन् । उक्त नामावली अनुसार कोषाध्यक्ष र सदस्य बाहेक अन्य पदमा उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पछि प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्धितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङ्गका पंकजलाल प्रधान निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा फ्युचर हब मिडिया मल्टीपरपोजका कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा अरुणकाजी स्थापित निर्वाचित भएका छन् । काजी मिडिया टाइम्सका हुन् । कोषाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवार दर्ता भएको छ । जसमा जिरो मिडियाका जीवन पोख्रेल र ज्वाइन मिडिया हाउसका साजन श्रेष्ठ रहेका छन् । यता सचिवमा पब्लिक एडभरटाइजिङ्गका सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा १० जनाको उम्मेदवारी परेको छ । जसमा बिजनेस युनिटका रोशन रेग्मी (आरसी), कसमस एडभरटाइजिङ्ग एण्ड मिडियाका शम्भु अधिकारी, रेडियो लिङ्क एडभरटाईजिङ्गका रोशन पौडेल, ए.डि फ्याक्टर कम्युनिकेशन हाउस अफ मिडियाका सन्तोष सिलवाल (गिरी), रेड पान्डा एडलिङ्गका दिपेन्द्र पौडेल, भोग एड एण्ड इभेन्ट मेनेजमेन्टका प्रभात रिमाल, ब्रान्ड वर्थका मोहन गजुरेल, प्रमोटर्स नेपालका गणेशप्रसाद तिमल्सेना (जि.पी), मेकवेजका विधान राजभण्डारी र एम.ए.आर.एसका मनिस अधिकारी रहेका छन् । यीमध्ये ८ जना कार्यसमितिको सदस्य बन्ने छन् । त्यसको लागि संघको आगामी निर्वाचनले चुन्ने छ । संघको ११औं कार्यसमितिको निर्वाचन आगामी पुस २२ गते हुँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *