गृहमन्त्रीमाथि छानविन गर्न कांग्रेसले माग्यो संसदीय समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । 

जारी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री लामिछाने बारे जवाफ दिएका थिए । उनले लामिछाने कुनै सहकारीको संस्थापक, व्यवस्थापक, सञ्चालक केही नरहेको र उनीमाथि उजुरी मात्र परेको भन्दै कांग्रेसले अनावश्यक राजनीति गरेको आरोप लगाएका थिए । 

जारी बैठकमा प्रधानमन्त्रीले यसअघि जवाफ दिएका थिए तर उक्त जवाफमा चित्त नबुझेकाले माग गरेको खबर आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *