इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने

काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । भुक्तानी सेवा प्रदायक इसेवाले प्रयोककर्ताका लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहार पाउने योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजनाअन्तर्गत एक विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहार जित्ने मौका पाउनेछन् । जेठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आबद्ध रहेका १२ वटा बीमा कम्पनीमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले हरेक हप्ता आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।

हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौंमा १ दिन २ रातका लागि स्टेकेसन प्याकेज पाउनेछन् भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् । यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरूको प्रिमियम तिर्दा १००० रूपैयाँसम्म क्यासब्याक तथा अन्य आकर्षक उपहार पाउन सक्नेछन् । इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका अनुसार डिजिटल भुक्तानीलाई सरकारी तवरबाट नै प्रोत्साहन गर्ने नीति अघि बढिरहेको समयमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरूप प्रयोगकर्तामा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो । उनले यस योजनाअन्तर्गत प्रयोगकर्ताले इसेवामार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहार पाउने व्यवस्था गरी डिजिटल भुक्तानीतर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *