भक्तपुर जिल्ला बचत संघको दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिम व्यवस्थापन उपसमितिको आयोजनामा भएको तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थामा आयकर ऐन आउनुभन्दा पूर्व कर तिर्न नपर्ने स्मरण गर्दै सामुदायिक सदस्य केन्द्रीत सहकारी संस्थालाई पूर्ण कर छुटको व्यवस्था हुनपर्ने बताए । तर केही सहकारी संस्थाहरुले सहकारीको नाममा व्यक्तिगत फाइदा लिदा राज्यले सहकारी ऐन २०७४ मा भएको व्यवस्था भन्दा पनि बढी आयकर उठाएको उनको भनाई छ । सहकारी क्षेत्रमा देखापरेका समस्या समाधान कार्यदलले दिएका सुझावहरु कार्यान्वयनमा सरकार गम्भिर भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सहकारीको नाममा बचत दुरुपयोग एवं बदमासी गर्नेहरुलाई कार्वाही गरी बचतको सुरक्षा गर्न सरकारले बिलम्ब गर्न नहुने उनले भनाई छ । संघका संचालक एंव उपसमितिका संयोजक इन्द्र प्रसाद व्यान्जुले सहकारी संस्थामा कार्यरत कर्मचारी तथा संचालकहरुमा कर तथा कोषको प्रभावकारी व्यवस्थापन गर्न सकुन भने उद्देश्यले तालिमको आयोजना गरेको बताए । तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पु¥याउने उनले जानकारी दिए । संघका व्यवस्थापक बालकृष्ण धोजुले सिकेका कुराहरु कार्यरत संस्थामा व्यवहारिक प्रयोग गर्नुको साथै अरुलाई पनि सिकाई हस्तान्तरण गर्नुपर्ने बताए । सि.ए. विजय सुकुपायोले कर व्यवस्थापनबारे सहजिकरण गर्दै प्रभावकारी करको व्यवस्थापनले अनावश्यक दण्ड जरिवानाबाट बच्ने बताए । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएकोमा खुशि व्यक्त गर्दै तालिमबाट अग्रिम कर कट्टी, कर दरहरु, राजश्व शिर्षक, अनलाइन कर दाखिला, इटिडिस, कोष वाँडफाँड, कोषको उपयोगिता लगायतका विषयहरु सिकेको बताए । तालिममा संस्थाका संचालक एवं कर्मचारी गरी ३६ जनाको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *