राप्रपा भक्तपुरको अध्यक्षमा अर्जुन कार्की निर्वाचित

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा कार्की र जिल्ला सदस्यमा २४ जना निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको मतदानमा कार्कीले १ सय ९५ मत प्राप्त गरेका थिए ।

उनका निकतम प्रतिद्धन्दी निर्वतमान अध्यक्ष रामशरण लामिछानेले ९२ मत प्राप्त गरेका थिए । राप्रपाको पहिलो बैठकले पदाधिकारी तोक्ने र अन्य ६ जना सदस्य मनोनित गरेर ३१ सदस्य जिल्ला कार्य समिति बनाउने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *