लक्ष्मी सनराइज बैंकको नेपालगञ्जमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेका २ शाखाहरूमध्ये वडा नम्बर २ कार्काँदो चोकको शाखा सोही वडाको न्यूरोडमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएका शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिका १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाले ग्राहक तथा व्यवसायलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिका ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा( ७ नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *