शुभकामना साकोसले साताव्यापी कार्यक्रम गरी स्थापना दिवस मनाउने

भक्तपुर । भक्तपुरको सुर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी २४ औं स्थापना दिवस मनाउने भएको छ । संस्थाले साताव्यापी रुपमा कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन लागेको जनाएको छ । संस्थाले जेठ २२ गतेबाट कार्यक्रम सुरु गरी २७ गते समापन गर्ने भएको छ । साताव्यापी कार्यक्रम अनुसार सहकारी न्याली,वृक्षारोपण तथा डस्टविन वितरण,जेष्ठ नागरिक भ्रमण, रक्तदान कार्यक्रम तथा सुगर परिक्षण, बाल बचतकर्ता भ्रमण र महिला स्वास्थ्य सम्बन्धी अभिमुखीकरण रहेका छन् ।

संस्थाले हरेक बर्ष स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको संस्थाले सदस्यहरुको हितको लागि थुप्रै सामाजिक गतिविधि सञ्चालन गर्ने गर्ने गरेको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको विवरण अनुसार शेयर पुँजी १० करोड ७८ लाख ६४ हजार, जगेडा कोष १४ करोड २७ लाख,७० हजार,संस्थागत पुँजी १४ करोड ४२ लाख २५ हजार र अन्य कोषहरु ६१ लाख २४ हजार रहेको छ । संस्थामा कुल बचत १ अर्ब ५ करोड ३७ लाख ३३ हजार र ऋण लगानी १ अर्ब ४५ लाख १८ हजार पुगेको छ । १० हजार २१० जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ४३ करोड ५६ लाख ४८ हजार पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *