आइसीसी टी-२० विश्वकप- नामिबियाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ ।

सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ । ओमानले दिएको ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउदै १०९ रन बनाएर खेल बराबरी गरेपछि निर्णय सुपर ओभरबाट गरिएको थियो ।

सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट गुमाएर १० रन बनाएको थियो । यस अघि नामिबियाको जितमा जान फ्राइलिंकले सर्बाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए ।

टस हारेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै १०९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्बाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए ।

यो जितपछि समुह बी मा रहेको नामिबियाले २ अंक हासिल गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *