एनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित

काठमाडौं । एनआईसी एशिया बैंकले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवाप्रदायक इन्फोसेस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’अन्तर्गत सन् २०२४ मा एनआईसी एशिया बैंक सम्मानित भएको हो । नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रियस्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरेबापत यो बैंकले १० विधामा २०० आवेदनबीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको बताइएको छ ।

आईसर्भ बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ । त्यसरी ग्राहक सेवा, भुक्तानी, कार्ड, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ, टेलर, अनलाइन, मर्चेन्ट सेवा तथा ट्रेड सेवाजस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७१ एटीएम, ११८ विस्तारित काउन्टर र ५१ शाखारहित शाखा सञ्जाल विस्तार गरी सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *