गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आज सोमबार आयोगले मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो। उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *