जातिय विभेदले जन्माएको बिद्रोही कलाकार ‘सत्य भाई’

कलाकार बन्न तेति सजिलो पनि छैन, जति हामीले सोच्छौँ । तरपनि प्रायः सबैको इच्छा हुन्छ एक सफल कलाकार बन्ने अनि स्वदेशमै सफल कलाकार भै स्थापित हुने

सुरेस राम विश्वकर्मा उनलाई ‘सत्यभाई’ भनेर कलाकारीता क्षेत्रमा सबैले आजभोलि चिन्ने गर्दछन । एउटा विकट जिल्लाको अति विपन्न दलित परिवारमा २०४७ साल जेष्ठ ६ गते जन्मिएका सत्यभाई घरका कान्छो छोरा हुन् । ४ जना दाजुहरु र एक जना दिदी मध्येका कान्छा उनी सानैबाट कलाकार बन्छु भन्ने ढृड अठोट कासाथ स्कुल तथा गाउघरका स्थानीय स्तरमा हुने नाटक, नाचगानका साथै अभिनयहरुमा पनि भाग लिने गर्दथे । बैतडी जिल्लाको ‘सकार’ भन्ने गाँउमा जन्मेका उनी घरका कान्छा छोरा भएकाले बाल्यकाल सुख-दु:ख झेल्दै रमाइलो गर्दै स-परिवारका साथ वित्यो ।  जब जब उमेर बड्दै गयो, गाँउकै श्री कालिका प्राथमिक बिद्यालयमा भर्ना भएर उनले ५ कक्षासम्म अध्यान गरे । तेतिबेलाको समय एक त गाँउको परिवेश अनि आर्थिक स्थिति पनि कमजोर तेहिमाथी गाँउमा जातीय छुवाछूत र जातीय विभेदका बाबजुत उनले गाँउमै प्राथमिक लेबलको शिक्षा हाशिल गरेका थिए । सानै देखि अन्याय र अत्याचारको विरोध गर्ने उनी एकदमै आटिलो, निडर र रिसालु स्वभावका थिए । जातीय विभेद कसैले गर्यो भन्ने तत्काल प्रतिकार गर्ने अनि छुवाछूत, भेदभाव एवम्  विभेद जस्ता सामाजिक कुरीतिका विरुद्ध डटेर प्रतिकार गर्ने स्वभावले पनि होला उनलाई गाँउमा ‘डन’ वा ‘दादा’  उपनामको संज्ञाले चिनीन थाले । कोही कसैसंग नदब्ने, नडराउने एवम् हक्की स्वभावका सत्य भाइ हेर्दा नि ‘डन’ वा ‘दादा’ जस्तै देखिन्छन आजका दिनमा पनि।

सत्य भाई भन्छन माध्यामिक शिक्षा हासिल गर्ने समयमा देशमा विद्रोह अथवा माओवादी आन्दोलन चलिरहेको थियो । दलित माथि हुने छुवाछूत, महिलामाथि हुने अत्याचारका विरुद्ध लड्ने र उनीहरुका हक अधिकार र जातजातीबिचको विभेदका विरुद्ध एउटा बहादुर योद्धा बनेर सधै संघर्ष  गरे । बिद्रोही स्वभाव कै कारणले गाँउको स्कुलमा पढ्न उचित वातवरण नपाएपनि घरभन्दा टाडाको हाईस्कुल धाएर एसएलसी पास गरेपछि तराई झरे । गाउमा हुँदादेखि नै खेलकुद क्षेत्रमा अति रुचि राख्ने उनी खेलकुदको क्षेत्रमा पनि पढाईमा जतिकै मिहिनेत गर्ने अनि जहाँ गएपनी खेलकुद, शारीरिक ब्याम गर्न उतिक्कै लगनशील र तल्लीन हुने गर्थे र अझै पनि त्यो जोश र जागर उत्तिकै प्रखर र साहसिक छ ।

उच्च शिक्षाका लागि तराईको  कञ्चनपुर जिल्लाको गुलरिया भन्ने ठाउँमा बसेर  ‘कञ्चन वहुमुखि क्याम्पस’बाट शिक्षा बिषय लिएर ‘बि एई’  पास गरे । यसरी सानैबाट शिक्षाको साथसाथै  आफ्नो खेलकुदमा पनि केही गर्छु भन्ने अठोटकै कारण ‘सितेरियो करातेमा ब्ल्याक बेल्ट’ अनि भलिबलमा पनि जिल्लाभर चिनिएका खेलाडी बने । पढाई खेलकुदका साथसाथै कलाकारितामा सानैदेखि झुकाव भएको कारण आर्थिक अवस्था कमजोर भएकाले अभिनय कक्षामा भने जान नपाएको तर आफ्नो मिहिनेतले अहिले सबले चिन्ने कलाकार बन्दा अत्यन्तै खुशी लाग्छ भनेर बताउछ्न सत्य भाई ।

२०७५ सालतिर काठमान्डौँ आए र शहरमा सानैबाट अभिनय र कलाकारितामा अभिरुचि भएकाले धेरै परिश्रम गरे । कलाकार बन्ने हुटहुटीले आफुलाई चिनाउन काठमाडौका धेरै गल्लीहरुमा आफुलाई भोकभोकै दौडाए । त्यसैक्रममा उनको भेट निर्माता निर्देशक राजु लामासँग भयो, र उहाँले नै तेतीबेला नेपाली कथानक चलचित्र ‘समाली राख है’ मा काम गर्ने अबसर पाप्त गरे । उनको कलकारिता क्षेत्रमा पनि त्यसै चलचित्रबाट आफुलाई डेब्यु गराए । अहिले १ दर्जन भन्दाबढि चलचित्रहरुमा काम गरिसकेका उनी भर्खरै मात्र रिलिज भएको चलचित्र ‘पुजार सार्की’ मा समेत अभिनय गरेका छन । कलाकारिताबाटै केहि गर्छु भन्ने सोचले होमिएका सत्य भाई यतिबेला ठुला चलचित्रको साथसाथै नेपाली टेली सिरियलहरुमा समेत काम  गरिरहेका  छन । र, आफुलाई नेपाली कला जगतमा स्थापित गर्न कठोर मिहिनेत गरिरहेका छन । सत्य भाइको उदेश्य सफल बनोस ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *