डिशहोम फाइबरनेटको विशेष ‘स्मार्ट अफर’

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्न इन्टरनेट र डीटीएच टीभी सेवामा विभिन्न उपभोक्ता उत्पादनहरूमा छुटहरू प्रदान गर्ने भएको हो । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डीटीएच जडानहरू वा नवीकरणमा विशेष अफरहरूको मजा लिन सकिने छ । तीन हजार ३५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरूले मात्र एक हजार ६४९ मा पाउनेछन् । त्यस्तै, ९९९९ पर्ने फायर–बोल्ट ग्लेडिएटर स्मार्ट वाच यो अफरमा दुई हजार ९९९ मा लिन सकिनेछ ।

डिजिटल होम इन्टरनेसनलबाट सानादेखि ठूला होम अप्लायनसेसमा विशेष छुट लिन सकिनेछ । एअरबड्स र स्मार्ट वाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सन जडान गरेको हुनु पर्नेछ । अथवा आफूले चलाइरहेको डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सको प्याकेज कम्तीमा ६ महिनाको लागि रिचार्ज गर्नुपर्नेछ । होम अप्लायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकले १२ महिनाको इन्टरनेट वा डीटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डीएचआई प्रोडक्टहरूमा १८ प्रतिशत छुट पाउन सक्नेछन् । त्यस्तै, २४ महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *