निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौँ । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार उनलाई पक्राउ गरेको हो ।

गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको छ । गत असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो । अग्रवाललाई त्यसबेलै पक्राउ गरेर प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । मिलन भने पक्राउ परेका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *