नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्तलाई ग्राउन्डेड गर्दै ‘एक्टिभ ड्युटी’बाट हटाएको जनाएको छ । दुवै नेपाल एयरलाइन्सका अनुभवप्राप्त पाइलट हुन् । प्राधिकरणबाट पत्र प्राप्त भएपछि नेपाल एयरलाइन्सले ग्राउन्डेड गरेको स्रोतले जानकारी दियो ।

नेपाल एयरलाइन्स स्रोतले कुरा गर्दै भन्यो– प्राधिकरणबाट पत्र आएपछि यस्तो निर्णय भएको हो । सबै कुरा हामीलाई पनि थाहा छैन । स्रोतले दिएको जानकारीअनुसार फोटोग्राफी सम्बन्धी नियम उल्लंघन गरेको आरोप उनीहरुमाथि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *