पुरानो मानव हड्डीमा भेटियो अहिलेको भाइरस

वैज्ञानिकहरूले हालै मानव पुर्खाका दुईवटा प्राचीन हड्डीहरूको अध्ययन गरे । ती हाडहरू मानव पुर्खा निएन्डरथल मानवका हुन् । उक्त अध्ययनका क्रममा ती प्राचीन हड्डीहरुमा समेत आधुनिक मानिसमा पाइने विभिन्न तीनवटा भाइरस फेला परेका छन् । जबकि ती हड्डीहरू ५० हजार वर्ष पुराना हुन् । ती भाइरसहरू उक्त निएन्डरथलका हड्डीहरू भन्दा पनि २० हजार वर्ष पुराना भएको वैज्ञानिकहरूको ठहर छ। योसँगै वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा पुरानो मानव भाइरस फेला पारेका छन् । त्यसअघि वैज्ञानिकहरुले साइबेरियामा एउटा बच्चाको दाँत फेला पारेका थिए । त्यसमा ३१ हजार वर्ष पुरानो भाइरस भेटिएको थियो । ती हड्डीहरू रुसको अल्टाइ पहाड नजिकैको चार्गिस्काया गुफामा भेटिएका थिए। वैज्ञानिकहरूका अनुसार भाइरस एउटा डिएनएबाट अर्को डिएनएमा स्थानान्तरण हुँदै गएको छ । त्यसमा कुनै भाइरस यस्ता छन् जसले आधुनिक मानिसलाई समेत संक्रमित गराउने तथा बिरामी पार्ने गरेका छन् । अध्ययन अनुसार आधुनिक मानव अर्थात् होमो सेपिएन्सको सबैभन्दा नजिकको नातेदार अर्थात् पूर्वज निएन्डरथल मानव विभिन्न ३ प्रकारका भाइरसबाट संक्रमित भएका थिए । ती तीनवटा भाइरस एडिनोभाइरस, हर्पिस भाइरस र प्यापिलोमा भाइरस रहेका छन् । ती तीनवटै भाइरसले वर्तमान मानिसलाई पनि संक्रमित गर्ने गरेको छ । जस अन्तरगत एडिनोभाइरसले रुघाखोकी, ज्वरो तथा आँखा रातो हुने जस्ता समस्याहरू पैदा गर्दछ भने प्यापिलोमा भाइरसका कारण यौन संक्रामक रोगहरू, जस्तै यौनांगबाट पानी बग्ने तथा विभिन्न प्रकारका क्यान्सर समेत लाग्दछन् । त्यस्तै हर्पिस भाइरसले ठेउलालगायतका रोगहरु लाग्ने गर्दछन् । वैज्ञानिकहरुका अनुसार यिनै भाइरसका कारण निएन्डरथल मानव प्रजातिको लोप भएको हो । किनकि त्यसबेला यी भाइरसविरुद्धको उपचार नै थिएन । निएन्डरथल मानव आजभन्दा करिब ४० हजार वर्षअघि लोप भएको हो । मानव पुर्खामा हालसम्मकै पूरानो भाइरस फेला परेको सम्बन्धी उल्लेखित अध्ययन हालै दष्यच्हष्ख जर्नलमा प्रकाशित भएको छ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *