प्रचण्ड-ओली-देउवाबिच भेटवार्ता- राष्ट्रिय मुद्दा तथा सहकारी छानबिनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता सकिएको छ ।

आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बिहानबाटै शीर्ष तीन नेताबिचको छलफलमा मुलुकका राष्ट्रिय मुद्दाका बारेमा छलफल भएको खबर प्राप्त भएको छ । नेताहरुबिच बिहान दश बजेदेखि दिउँसो करिब १ बजेसम्म छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताका बिचमा संसद्लाई के कस्ता बिजनेस दिने, संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमै छलफल केन्द्रित भएको बताएका छन् ।

उनका अनुसार सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उपायका साथै सहकारी छानबिन समिति गठन भैसकेपछिको अवस्थाबारे छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि केहीबेर छुट्टै छलफल भएको छ । प्रचण्ड र ओलीबिचको छलफलमा सरकार सञ्चालन,प्रदेश सरकार गठन लगायतबारे छलफल भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *