मिर्गौला र पित्तथैली बाहेक अन्य ठाउँमा पनि हुनसक्छ पत्थरी

मानव शरीरको सबै अचम्मको क्षमतामध्ये सबैभन्दा अनौठो भनेको ढुंगा उत्पादन गर्ने क्षमता हो । मिर्गौलाको पत्थरी वा पित्तथैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे हामी सबैले सुनेकै हुन्छौं । तर यी बाहेक शरीरमा अन्य पत्थरी पनि हुनसक्छन् र ती शरीरका यस्ता भागमा हुनसक्छन्, जसको बारेमा कमै चर्चा हुन्छ । विश्वमा करिब १० जनामध्ये एक जनालाई मिर्गौलाको पत्थरीको समस्या छ । यो मूलतः क्याल्सियम र अक्सालेट रगतबाट पिसाबमा चुहावटको कारणले हुन्छ । अक्सालेट प्राकृतिक यौगिकहरू हुन्, जुन बोटबिरुवा र मानिस दुवैमा पाइन्छ । क्याल्सियम र अक्सालेटको चुहावटका कारण तिनीहरू जम्मा भएर ढुंगाको रूप लिन सक्छन् । मिर्गौलाको पत्थरीको आकार पनि फरक हुनसक्छ । यी चौडाइमा मिलिमिटरभन्दा कमदेखि एक सेन्टिमिटर वा बढीसम्म हुनसक्छन् । केही पत्थरी असामान्य आकारको पनि हुनसक्छ । तर यदि मिर्गौला नहर ९क्यालिसेस०को हाँगाहरूमा ढुङ्गा बन्न थाले भने यसले मृगको सिङको आकार पनि लिन सक्छ । यसलाई ‘स्ट्याघर्न क्याल्कुलस’ भनिन्छ ।
पत्थरी कुनबेला समस्यामा परिणत हुन्छ ?
मिर्गौलाको पत्थरी समस्याको कारण बन्न सक्छ, जब त्यसले मूत्रनलीको बाटो अवरुद्ध गर्छ । यदि यसो भयो भने मानिसलाई पिसाब फेर्न कठिनाइ मात्र होइन, उसको ढाडको तल्लो भागमा गम्भीर दुखाइ पनि हुनसक्छ । जसकारण मिर्गौला वरिपरि पिसाब जम्मा हुन थाल्छ वा इन्फेक्सन हुने खतरा हुन्छ । पित्तथैलीमा पत्थरी बन्नु सामान्य अवस्था हो, बोसोहरू पित्तथैलीबाट आन्द्रामा वा पित्तथैलीभित्र पित्त बोक्ने नलीहरूमा उत्पादन हुन्छन्, जसले पाचनमा मद्दत गर्छ । पित्तमा हुने कोलेस्टेरोल वा पिग्मेन्टका कारण पित्तथैलीको पत्थरी बन्न सक्छ, ती एक वा एकभन्दा बढी हुनसक्छन् । मिर्गौलाको पत्थरी जस्तै पित्तथैली ९जस्तै सामान्य पित्त नली० को साँघुरो ठाउँमा पित्तथैली पसेको छ भने यसले पेट दुख्ने, इन्फेक्सन र जन्डिस जस्ता समस्या निम्त्याउन सक्छ ।
पत्थरी बन्ने अन्य कारण
शरीरका विभिन्न तरल पदार्थका कारण पनि पत्थरी बन्न सक्छ । उदाहरणका लागि र्‍यालको ढुंगा । र्‍याल कान, जिब्रो र जिब्रोमुनि भएका ग्रन्थीद्वारा उत्पादन हुन्छ । मुखमा परेपछि खानालाई भिजाउने र पचाउने प्रक्रियामा यसले ठूलो भूमिका खेल्छ । तर क्याल्सियम, म्याग्नेसियम र फस्फेट जस्ता विभिन्न तत्त्वबाट र्‍यालको पत्थरी बन्न सक्छ । यदि र्‍यालको ढुंगा बन्यो वा नलीमा अड्कियो जसको माध्यमबाट र्‍याल मुखमा पुग्छ, यसले मुखमा र्‍याल झर्ने प्रक्रियालाई रोक्न सक्छ । यस्तो भयो भने मुखमा कडा दुखाइ र सुन्निएको अनुभव हुनसक्छ । र्‍याल निस्किने ग्रन्थीमा इन्फेक्सन भएमा मुखबाट दुर्गन्ध पनि आउन सक्छ ।
टन्सिलमा पत्थरी
यसबाहेक टन्सिलमा पनि ढुंगा देखिन सक्छ । टन्सिल ग्रन्थीहरु घाँटीको तल र पछाडि अवस्थित हुन्छन् । यो लिम्फोइड तन्तुहरूको समूह हो, जुन शरीरको प्रतिरक्षा प्रणालीको भाग हो । त्यसमा सुन्निने र बारम्बार संक्रमित हुने सम्भावना हुन्छ । टन्सिलमा केही भागलाई क्रिप्ट्स भनिन्छ । कहिलेकाहीं यी क्रिप्टहरूले खाना टुक्रा गर्ने र र्‍याल अड्किएर बस्न सक्छ यी टन्सिल ढुंगाहरु वा टन्सिलोलिथहरू हुन् । यी ढुंगाहरु नरम हुन्छन् तर समयसँगै कडा भएर असजिलो अवस्था सिर्जना गर्न सक्छन् । जसकारण सास गन्हाउने र बारम्बार संक्रमणको सामना गर्नुपर्ने हुनसक्छ । यसबाहेक शरीरमा रहेका अन्य पदार्थहरू कडा भएर पत्थरी बन्न सक्छन् । उदाहरणका लागि केही अवस्थामा मानव मल यति कडा हुनसक्छ कि यो ढुंगा जस्तै कडा हुनसक्छ । यसलाई कोप्रोलाइट भनिन्छ । यसबाहेक नाभीमा जम्मा हुने छालाका टुक्राहरू पनि कडा भएर ढुंगा जस्तै बन्न सक्छन् । यी ढुंगालाई ओम्फालोलिथ भनिन्छ ।
पत्थरीबाट बच्न के गर्ने ?
केही सरल उपायहरू अपनाएर हामी पत्थरीबाट बच्न सक्छौं । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शरीरमा पानीको उचित मात्रा हुनु हो । सही मात्रामा पानी पिउनाले पिसाब पातलो हुन्छ, जसले कब्जियत रोक्छ र मुखमा ब्याक्टेरिया बन्नबाट रोक्छ । यो विधिले शरीरमा धेरै प्रकारको पत्थरी बन्नबाट रोक्न सक्छ । टन्सिलको पत्थरीबाट बच्न मुख सफा राख्नु अति आवश्यक हुन्छ । नियमित ब्रस गर्दा पनि यसको जोखिम कम हुन्छ । यसबाहेक खासगरी पित्तथैलीको पत्थरीको लागि आहार पनि महत्त्वपूर्ण हुन्छ । चिल्लो खानेकुरा र मोटोपनले यस्तो पत्थरी निम्त्याउन सक्छ । पत्थरी हुने केही कारणबाट भने चाहेर पनि बच्न सकिंदैन । जस्तै महिलाको उमेर ४० वर्षभन्दा माथि हुनुले पित्तथैलीको पत्थरी बन्ने सम्भावना बढाउँछ । क्याल्सियम र अक्सालेटमा धेरै हुने खानेकुरा जस्तै दुग्धजन्य उत्पादन, पालुङ्गो कम खानाले पनि मिर्गौलाको पत्थरीलाई रोक्न मद्दत गर्न सक्छ ।
पहिल्यैदेखि पत्थरीको समस्या छ भने के गर्ने ?
पहिलेदेखि नै पत्थरीको समस्या र त्यसको कारण समस्या भइरहेको छ भने इन्डोस्कोपी वा शल्यक्रिया मार्फत पत्थरी हटाउनुपर्छ । मिर्गौलामा पत्थरी भएको अवस्थामा ढुंगा पिसाबको नली हुँदै पिसाबथैलीमा नपुगेसम्म र शरीरबाट बाहिर ननिस्किएसम्म पर्खिन सकिन्छ । कहिलेकाहीं कागती चुस्नाले र्‍यालको पत्थरीबाट राहत मिल्न सक्छ । कागतीले र्‍याल बन्ने प्रक्रियालाई बढाउन सक्छ, जसले गर्दा धेरै र्‍याल एकैसाथ र्‍याल नलीमा आउँछ र ढुंगा बाहिर निस्कन्छ । विभिन्न प्रकारका ढुंगाहरुकफो लागि विभिन्न प्रकारका उपचारहरू उपलब्ध छन्, तर केही साधारण उपायले पनि पत्थरी बढ्नबाट रोक्न सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *