विभागले न्यूरोडमा गरेको पीच रोक्न महानगर प्रहरी असफल

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा सडक पेटी बनाउनका लागि भन्दै खनेको सडक सडक विभागले पीच गरिरहेको बेला महानगर प्रहरीले विभागले गरेको काम रोक्ने प्रयास गरेपछि विभाग र स्थानीयको प्रहरीले उक्त काम नरोक्न निर्देशन दिएपछि महानगर प्रहरीको टोली फर्किएको छ ।

काठमाडौं महानगरले फुटपाथ फराकिलो बनाउनेभन्दै सडकको किनारा भत्काएको थियो । भत्काएको सडक आज सडक विभागले पुनः पिच गर्न थालेपछि महानगरको टोलिपनि त्यहाँ पुगेको थियो । नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद सुरु भएको थियो । स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरेपछि घटनास्थलमा नेपाल प्रहरी पुगेको थियो । नेपाल प्रहरी पुगेपछि महानगरप्रहरी फर्किएको थियो ।

यतिबेला सडक विभागले भने न्युरोडको उक्त सडक पुरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *