आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ ।

आज मंगलबार बिहान समुह सी अन्तर्गतको सम्पन्न खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछाएको युगान्डाले १६ ओभरमा अल आउट हुदै ५८ रन बनाएको थियो । युगान्डाका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अलि शाहले ११ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर फजल्हक फारुकीले ५ विकेट लिएका थिए भने नविन उल हक र राशिद खानले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *